पुराना कम्युनिस्ट नेता मोतिलाल विश्वकर्मा भन्छन्,– ‘नारायणमान बिजुक्छे भगौडा हुन्’

पुराना कम्युनिस्ट नेता मोतिलाल विश्वकर्मा भन्छन्,– ‘नारायणमान बिजुक्छे भगौडा हुन्’

काठमाडौं, २१ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता तथा जुगेडी किसान विद्रोहका योद्दा मोतिलाल विश्वकर्माले नारायणमान विजुक्छे भगौडा भएको खुलाशा गरेका छन् ।


केहीदिनअघि उनको चितवनको माडिस्थित निवासमा भेट गर्न पुगेका सञ्चारकर्मी तथा राजनीतिक दलका कार्यकर्तासँगको भेटमा उनले यस्तो बताएका हुन् ।

रुपलाल विश्वकर्माले नेतृत्व गरेको सर्वहारावादी श्रमिक संगठनको नेता समेत रहेका मोतिलाले आफूहरुले नेपालको राजनीतिक परिवर्तनमा ठूलो संघर्ष गरेको बताए ।


‘नारायणमान विजुक्छेले पनि २०३६ सालमा आएर बेइमानी गरे । भागे र बद्मासी गरे । अहिले भक्तपुरको जनताको मुखमा छारो हालेर एउटा नेता बनेका छन्,’ ईतिहास सुनाउँदै विश्वकर्माले भने,‘हामीले रुपलाल विश्वकर्मासँगै अन्तिमसम्म रहेर जुगेडी संघर्ष, जुटपानी संघर्ष र पूर्तिघाट संघर्ष गरेका थियौँ ।’

कुनै समय आफ्नो घर नै नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटिको घर भएको बताउँदै उनले आफूहरुलाई पछिल्लो समय ‘पार्टीका ब्राम्हणवादी तप्का’ले जाल फालेर षडयन्त्र गरेको दाबी गरे ।


२०२८ सालमै पुष्पलाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पूर्णकालिन कार्यकर्ता बनेका उनी यतिबेला चितवनको माडिस्थित निवासमै बाँकी जीवन विताइरहेका छन् ।

Trending News