पोखरामा संक्रमणबाट थप २ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं, २२ बैशाख । पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङ्जा र पर्वतमा दुई जनाको मृत्यु भएको हो ।

उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको गल्याङ नगरपालिका–११ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी पर्वत जिल्लाको जलजला गाउँपालिका–७ का ८४ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ ।