
काठमाडौं, २२ बैशाख । एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले आफूहरुलाई डुबाए सोहि पार्टिका तत्कालिन अध्यक्ष ओलीलाई पनि नडुबाई नछोढ्ने उद्घोष गरेकी छन् ।
( खनाल – नेपाल ) समूहकी झाँक्रीले बुधबार सामाजिक संजाल फेसबुकमा ओलीतर्फ संकेत गर्दै भनेकी छन्, ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ’।
उनले ओलीलाई सुझाव दिदैं, ‘यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड’।
उनले हिन्दी एउटा कहावत प्रयोग गर्दै भनेकि छन् ,‘ हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’