
काठमाडौं, २२ बैशाख । रुपन्देहीमा बितेको २४ घण्टामा ७९७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अवधिमा ४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
रुपन्देहीमा योसहित कुल मृतकको संख्या २ सय २० पुगेको छ । त्यस्तै कुल संक्रमितको संख्या १४ हजार ७ सय ६६ पुगेको छ ।
त्यसमध्ये ९ हजार ८ सय ७० जनाले कोरोनाबाट निको भइसकेका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ७६ जना रहेको छ भने होम आईसोलेशनमा बस्नेको संख्या ४ हजार ५ सय १९ जना रहेको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा बेलैमा अक्सिजन नपाएर आज विहानै दुई जना महिलाको मृत्यु भएको मृतकका परिवारजनको गुनासो छ ।