
काठमाडौं, २३ वैशाख । चितवनको माडीमा ३५ वर्षीय कोरोना संक्रमित युवकले आत्महत्या गरेका छन् ।
कोरोना संक्रमणपछि होम आइसोलेशनमा बसेका माडी नगरपालिका ३ का युवकले झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनलाई तीन दिनअघि मात्रै कोरोना संक्रमण देखिएको थियो ।
कोरोना संक्रमण देखिएपछि उनी घरनजिकको गोठमा बस्दै आएका थिए । गएराति सोही गोठमा आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
शवको पोष्टमार्टम तथा व्यवस्थापन गर्न प्रहरी, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुले छलफल गरिरहेको बताइएको छ ।