
काठमाडौं, २३ वैशाख । पछिल्लो २४ घन्टामा बाँकेमा उपचाररत् ११ जना र काठमाडौंबाट ल्याउँदै गर्दा बाटोमा थप एक जना गरी १२ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १० जना बाँकेका तथा एक÷एक जना दाङ र जाजरकोटका छन्।
काठमाडौंबाट ल्याउँदै गर्दा कोलहपुर नगरपालिका,१ की ७३ वर्षीया महिलाको बाटोमै मृत्यु भएको छ।
त्यसअघि दाङको शान्तिनगर गाउँपालिका वडा नं। ६ का ७५ वर्षीय संक्रमित महिलाको बुधबार राति ९ बजे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो।
त्यस्तै, बाँके नरैनापुर गाउँपालिका(१ का ५६ वर्षीय पुरूषको भेरी अस्पतालमा बिहीबार बिहान ७ बजे, कोहलपुर नगरपालिका ५ का ३४ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बुधबार राति ९स्४० बजे, नेपालगञ्ज १९ का ७७ वर्षीय पुरूषको भेरी अस्पतालमा बिहान साढे ४ बजे, नेपालगञ्ज १० का ७८ वर्षीय पुरुषको बिहान १स् ४० बजे भेरी अस्पतालमा, नेपालगञ्ज ४ का ५५ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान साढे १२ बजे, नेपालगञ्ज १० का २७ वर्षीय पुरुषको भेरी अस्पतालमा बुधबार राति १०स्२२ मा मृत्यु भएको हो ।
त्यस्तै, बाँकेको नेपालगञ्ज १ का ५८ वर्षीय पुरुषको बुधबार १० बजे राति भेरी अस्पतालमा, नेपालगञ्ज १० की ७८ वर्षीया महिलाको बुधबार बेलुका साढे ७ बजे, नेपालगञ्ज १२ का ४५ वर्षीय पुरुषको बुधबार बेलुका सवा ८ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।
त्यस्तै, जाजरकोटको भेरी नगरपालिककी ४३ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा बुधबार राति ९ बजे मृत्यु भएको छ।