बाँकेमा विहीबार ५०८ जना कोरोना सङ्क्रमण मुक्त

दियोपोस्ट संवाददाता

काठमाडौं, २३ वैशाख । बाँकेमा गत केही दिन यता आएर कोरोना सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुने क्रम तीव्र गतिमा बढ्दै गएको छ ।

बुधवारसम्म दैनिक तीन भन्दा बढी सङ्क्रमितहरु निको भएर सङ्क्रमणमुक्त भै डिस्चार्ज हुने क्रम जारी रहेकोमा विहीबार एकैदिन ५०८ जना संक्रमणमुक्त भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यति धेरै सङ्ख्यामा एकैदिन सङ्क्रमणमुक्त भएको यो नै पहिलो भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।

उनका अनुसार बाँकेमा बिहीवार २४१ महिला र २६७ पुरुष गरी जम्मा ५०८ जना कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज भएका हुन् ।

जिल्लामा कोरोना विजेताहरु बढ्दै गएपछि अस्पतालमा भर्ना भएका बिरामी सङ्क्रमितहरुको पनि मनोबल बढेको भेरी अस्पतालले जनाएको छ ।