माहमारीको संकटमा जनतालाई ठग्ने प्रक्रिया रोकिएन

दियोपोस्ट संवाददाता

काठमाडौं,२३ बैशाख । माहमारीको संकटमा परेको बेलामा जनतालाई ठग्ने प्रक्रिया भने झन बढिरहेको पाईन्छ । काठमाडौंको कलंकी चोकबाट काउण्टरका २ जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अबस्थामा महानगरीय प्रहरी महाशाखाले नियन्त्रणमा लिएको हो ।

काठमाडौंबाट मोरङ्गको नियमित भाडा एक हजार देखि बाह्रसयसम्म भएपनि यात्रुसँग डबल भाडा लिएको पाईएको छ । एक जनाको रु. २५०० का दरले भाडा उठाउने खोटाङ्ग घरभइ कलंकी बस्ने ३५ वर्षीय भीम बहादुर खड्का र रौतहट घर भई खसीबजार बस्ने ५० वर्षीय बैजनाथ चौधरीलाई आज महाशाखाको सादा पोशाकको टोलीले पक्राउ गरेको हो ।

उपत्यकाको रिङ्गरोडमा चल्ने बा४ख १९२५ नम्बरको पाथिभारा दर्शनको भाडा बसमा यात्रु लग्ने गरी टिकट काटिएको समेत पाइएको महाशाखाले जनाएको छ ।
यसअघि आजै ३ जना र हिजो १ जनालाई पनि प्रहरीले बढी भाडा असुल गरेको अभियोगमा पक्राउ गरेको थियो ।