काठमाडौँ, २४ वैशाख । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा गृहमन्त्री राम बहादुर थापालाई नै अघि सार्ने निर्णय गरेको छ । आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि गृहमन्त्री ‘बादल’ले उम्मेदवारी दिने भएका हुन् ।
यसअघि बादललाई निर्वाचनमा नउठाइने भन्दे चर्चा भएपनि अन्तिममा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरिएको हो ।
वागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उनले उम्मेदवारी दिने भएका हुन् ।
बादललाई उम्मेदवार बनाउनुअघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसहितका नेताले बालुवाटारमा छलफल गरेका थिए । बालुवाटारबाट निर्णय भएपछि उनी उम्मेदवारी दिन मकवानपुर हिँडेको उनी निकट व्यक्तिहरुले बताएका छन् ।