काठमाडौं, २४ बैशाख । सरकारले १६ पत्रकारलाई पुरस्कृत गरेको छ ।
छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममार्फत सरकारले १६ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।
वरिष्ठ पत्रकार सम्मान २०७६ (मरणोपरान्त) स्व.सुकदेव नेपाल (अग्निशिखा) र श्रीहर्ष सुब्बालाई दिइएको छ ।
त्यस्तै वरिष्ठ पत्रकार सम्मान २०७७ पत्रकार रघु मैनाली र शार्दुल भट्टराईले पाएका छन् । अन्य १२ जना पत्रकारहरुले राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।