बालुवाटारमा प्रधानमन्त्रीलाई ठाकुर–महतोले भने, ‘हामी तपाईंलाई विश्वासको मत दिँदैनौँ’

बालुवाटारमा प्रधानमन्त्रीलाई ठाकुर–महतोले भने, ‘हामी तपाईंलाई विश्वासको मत दिँदैनौँ’

काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेका छन् । उनीहरुले ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने बताएका छन्।

दुई नेताले प्रधानमन्त्री ओलीलाई आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएको फौजदारी मुद्दाको विषयमा जानकारी लिएका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले कतिपय मुद्दा अदालतको अनुमतिमा मात्रै फिर्ता लिनेजस्ता काम गर्नुपर्ने खालको रहेको बताएका थिए ।

दुई नेताले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन सक्दैनौँ । हामी तटस्थ बस्छौँ ।

उनीहरुले प्रधानमन्त्री ओलीलाई भेट्नुअघि कांग्रेस सभापति शेर बहादुर देउवालाई भेट गरेका थिए । देउवालाई पनि मत नदिने उनीहरुको अडान थियो ।

Trending News