कोरोना महाव्याधिको बीच १८ व्यक्तिद्वारा रक्तदान

दियोपोस्ट संवाददाता

काठमाडौं, वैशाख २७ । नयाँ भेरियन्टको कोरोना भाईरस (कोभिड-१९) को संक्रमण दर तिव्र रुपमा बढेसँगै देशका अधिकांस ठुला तथा साना अस्पतालहरुमा रक्त (ब्लड)को चरम अभाव भएको छ ।

उस्तो महाव्याथिको विषम परिस्थितीमा रक्तको अभावलाई मध्यनजर गर्दै होप फर ह्युम्यानिटि नेपालले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । फ्रेस ब्लड डोनरको सहकार्यमा होप फर ह्युम्यानिटि नेपालले गरेको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेको हो ।

सोमबार गोकणेश्वर नगरपालिका स्थित नया बस्ती, जोरपाटी, गगननगर गेट को आसपासमा रहेर रक्तदान कार्यक्रम गरिएको बताईएको छ । सामाजिक सहयोग कार्यमा सक्रिय होप फर ह्युम्यानिटि नेपालले कोरोनाको पहिलो चरणको महाव्याथिमा समेत रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।