काठमाडौं, २९ बैशाख । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मंगलबार ९ बजे रातिदेखि बुधबार बिहान १० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक(एक जना सल्यान र कैलालीका छन् ।
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगन्ज उपमहानगर(१६ का ४९ वर्षीया महिलाको बुधबार बिहान ८स् ३० बजे, बाँकेकै नेपालगन्ज उपमहानगर(५का ४४ वर्षीय पुरूषको बुधबार विहान ६स् ३० बजे मृत्यु भएको छ ।
यस्तै बाँकेकै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत कोहलपुर नपरपालिका(२ की ३० वर्षीया महिलाको मंगलबार राति ९स् ३० बजे, बाँकेकै कोहलपुर(१० की ४५ वर्षीया महिलाको बुधबार बिहान १स् ३० बजे, कोहलपुर(११का ४१ वर्षीय पुरूषको बुधबार विहान ४ बजे र कोहलपुर(१४ बाँकेकै ६४ वर्षीया महिलाको बुधबार ५स्३० बजे मृत्यु भएको छ ।
यस्तै भेरीमा अस्पतालमै उपचाररत गुलरिया(९ बर्दियाका ४७ वर्षीया महिलाको बुधबार बिहान ८ बजे, बर्दियाकै मधुबन नगरपालिका(६ का ५५ वर्षीय पुरूषको बुधबार बिहान ८स् ३० बजे र बर्दियाकै बढैयाताल गाउँपालिका ६५ वर्षीय पुरूषको बुधबार बिहान १० बजे मृत्यु भएको छ ।
यस्तै बनगाड कुभिन्डे(६, सल्यानका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा बुधबार ८स् ३० बजे मृत्यु भएको छ भने घोडाघोडी(१ कैलालीका ६० वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा बुधबार विहान ४स् ४५ बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।
योसँगै बाँकेमा जिल्ला भित्रका २०२ जना र जिल्ला बाहिरका १५३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki