धादिङ, २ जेठ । धादिङको जिल्ला अस्पताल लगायत विभिन्न स्थानमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनलाई लिएर प्रशासन र स्थानियबासीबीच झडप भएको छ ।
जिल्लाको नीलकण्ठ नगरपालिका २ सोह्रघरेस्थित मध्यवस्ति र जलकन्या मन्दिरको बिचमा रहेको छिरिङ्गे बनमा शव व्यवस्थापन गर्न लागिएपछि स्थानियबासीले विरोध जनाएका छन् । शव व्यवस्थापनको विषयमा अनुगमन गर्न पुगेको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीमाथि स्थानियबासी जाइलागेका छन् । उनीहरुबीच सामान्य झडप समेत भएको छ । नगरपालिकाले सोहीस्थानमा शव व्यवस्थापन गर्ने व्यवस्था मिलाएपछि सेना र प्रहरी टोली उक्त क्षेत्र पुगेका थिए ।