३ जना मृत अवस्थामा फेला

३ जना मृत अवस्थामा फेला

काठमाडौं, ३ जेठ । विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका, ३ जलजले बस्ने ३५ वर्षीय दिपक वाईवा घरबाट करिब ५ सय मिटर टाढा ज्ञान ज्योती प्राविको कम्पाउण्डभित्र सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी उदयपुरको कटारी नगरपालिका(२ गराँसस्थित कमला खोलाको किनारमा सिन्धुली दुधौली नगरपालिका, ११ लबाहा बस्ने ७० वर्षीय चतुरमान बस्याल मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको महाराजगंजस्थित चुनदेवी जाने सडक छेउमा पनि सनाखत नभएका करिब ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Trending News