कोभिड–१९ अनुगमन समितिका दुई समूहले अस्पतालहरूको अनुगमन गर्ने

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ जेठ । कोभिड–१९ अनुगमन समितिले दुई वटा केस अनुगमन समिति गठन गरेको छ ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालाको नेतृत्वमा केस अनुगमन समिति बनाइएको हो ।

अनुगमन समितिले गठन गरेको (क) समूहमा प्रा.डा. नारायण विक्रम थापा, डा. सुभीत मास्के, कुमार थापा, विन्दा घिमिरे र आषिश चौहान रहेका छन ।

यस्तै समूह (ख) मा डा. मोहन श्रेष्ठ, डा. लोचन कार्की, प्रज्वलजङ्ग पाण्डे, हेमराज दाहाल र सुरेश श्रेष्ठ रहेका छन ।

दुई वटा समूहले संक्रमितको बेड, प्रेस्क्रिप्सन, अक्सिजनसँगै स्थलगत अनुगमन गरी समितिमा प्रतिवेदन बुझाउने पर्ने हुन्छ ।

समितिको सदस्यसचिव मन्त्रालयका एचइओसी इकाई प्रमुख डा.समीरकुमार अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

यस समितिले अस्पतालहरुमा भइरहेको व्यवस्थापन, उपचारका बारेमा अध्ययन गर्ने छ ।