अपहरणपछि हत्या गरेको आरोपमा सिरहामा तीनजना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं, ६ जेठ । सिरहामा तीन वर्षअघि एक व्यक्तिको अपहरण गरी हत्या गरेर फरार भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी बस्ने ३९ वर्षीय जयराम साह, सोही ठाउँका ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साह छन् ।

२०७५ वैशाख २९ गते राति बरियारपट्टी गाउँपालिका–४ स्थित आधारभूत प्राथमिक विद्यालय तेनुवापट्टी अगाडि वडा नम्बर ४ सोहपुरका अनिषकुमार सिंहलाई घरबाट अपहरण गरी कुटपिट गर्दै घाइते बनाइएको थियो ।

घाइते भएका सिंहको उपचारको क्रममा २०७६ साल जेठ १ गते मृत्यु भएको थियो ।