
काठमाडौं, ६ जेठ । चन्द्रागिरी नगरपालिकामा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सतुंगलस्थित चन्द्रागिरी पार्टी प्यालेसमा तास खेलिरहेका पार्टी प्यालेसका सञ्चालक ५४ वर्षीय राजु श्रेष्ठ सहित ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त पार्टी प्यालेसमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५७ हजार ७ सय ७५ रुपैयाँ र ३ बुक तास सहित ७ जना पक्राउ गरेको हो ।