काठमाडौं, ९ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले कक्षा १२ उत्तीर्ण गरेका छन् ।
पूर्व नवयुवराज समेत रहेका उनले काठमाडौंको रवि भवनमा रहेको लिंकन स्कुलबाट कक्षा १२ को पढाई पूरा गरेर अनलाइनबाट दीक्षित भएको परिवार स्रोतले जनाएको छ ।
विद्यालयले कोरोना भाइरस संक्रमणका कारण अनलाइनबाटै दीक्षान्त समारोह गरेको छ ।
पूर्व युवराज पारस शाहले हृदयेन्द्र दीक्षित भएको र उनको शैक्षिक प्रमाणपत्र फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
शैक्षिक प्रमाणपत्रमा उनको नाम हृदयेन्द्र वीरबिक्रम शाह रहेको छ । सानैदेखि काठमाडौंमा पढेका उनले स्नातक तह भने विदेशमा पढ्ने योजना बनाएको पारिवारिक स्रोतको भनाई छ ।