काठमाडौं, ९ जेठ । गत वैशाख १६ गते धादि«ङस्थित निलकण्ठ नगरपालिका–२ तीनघरेका ७५ वर्षीय वृद्ध रण बहादुर बिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भयो ।
कोरोनाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि जिल्ला अस्पताल धादिङ पु¥याइएकोमा उपचारको क्रममा उनको निधन भएको थियो ।
रण बहादुरको निधन भएको १५ दिन नपुग्दै उनकी श्रीमती संसारामाया विकले पनि कोरोनाकै कारण मृत्युवरण गर्नुपरेको छ ।
७० वर्षीया बृद्ध संसारामायाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको आफन्त शान्ता सुनारले दियोपोस्टलाई जानकारी दिइन् ।
सन्तानविहीन भएका कारण श्रीमानको मृत्यु संस्कार पनि संसारामायाले नै गरेकी थिइन् ।
धार्मिक परम्पराअनुसार १० दिनसम्म श्रीमानको क्रियाकर्म गरेकी संसारामाया कोरोनाकै कारण मृत्यु भएकी हुन् ।
१० औँ दिनसम्म नुन समेत नखाई बसेकी उनले हिजो मात्रै नुन सेवन गरेकी थिइन् । एक्कासी बोली नै बन्द भएपछि हिजो (शनिबार) उपचारका लागि उनका आफन्तले जिल्ला अस्पताल धादिङ पुर्याएका थिए ।
जिल्ला अस्पताल धादिङमा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएपनि विरामीका आफन्तले चितवन पुर्याएका थिए ।
परिक्षणका क्रममा कोरोना संक्रमण देखिएपछि उनलाई कोभिड वार्डमा राखेर उपचार गरिएको थियो ।