जन्ती बोकेको बस दुर्घटना, घाइते १६ मध्ये ५ को अवस्था गम्भीर

दियो पोस्ट  

काठमाडौं, १० जेठ । रौतहटको गुजरा नगरपालिकास्थित खतवहिआबाट जन्ती लिएर गएको बस बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिका १६ को डकाहमा दुर्घटना भएको छ ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेको छ ।

आज विहान सवा १० बजे ना४ ख ४७४९ नम्बरको बस दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि तत्कालै एम्बुलेन्सबाट जिल्ला अस्पताल कलैया तथा नेस्नल मेडिकल कलेज वीरगन्ज पठाइएको छ ।

बस तिव्र गतिको भएका कारण दुर्घटनामा परेको यात्रु तथा जन्ती नासिर मियाले बताए ।

बेहुला बेहुली भने अर्को गाडीमा रहेकाले सुरक्षित रहेका छन् ।