काठमाडौ । नेपाल समाजवादी काङ्ग्रेसले कोरोना महामारीका कारण सङ्कटमा रहेका श्रमजीवी पत्रकार र निम्न बर्गिय श्रमिकहरुको लागी खाध्यन्न सहितको राहत वितरण गरेको छ । पार्टी अध्यक्ष गोविन्द निरौलाको उपस्थितिमा पत्रकार र निम्नवर्गिय श्रमिकहरुलाई खाद्यान्न तथा राहत वितरण गरिएको हो ।
वितरण कार्यक्रममा पार्टीका उपाध्यक्ष महेशमान सिंह, सचिव मानबहादुर तामाङ, सह सचिव पुष्पा राना घले, कोषाध्यक्ष दुर्गा गौतम र सदस्य दुर्गा भुसालको समेत उपस्थिति रहेको थियोे । पत्रकारहरुको समन्वय युगान्तर खबर डटकमका प्रकाशक र सम्पादक वसन्त परियार र श्रमिकहरुको समन्वय सोनी शर्माले गरेका हुन् ।
मोरङ निवासी गोविन्द निरौला नेपाली काङ्ग्रेसका नेता तथा समाजसेवीका रुपमा चिनिन्छन् । उनले पछिल्लो राजनितिक परिवर्तन पछि बैचारिक मत भिन्नताका आधारमा नेपाल समाजवादी काङ्ग्रेस गठन गरि अघि बढिरहेका छन् ।
वर्तमान राजनीति सर्वसत्ता उन्मुख भइरहेको उनको भनाई छ । कोरोना संक्रमणका कारणले जनता छ्टपटाइ रहेको अवस्थामा शासक वर्ग भने भ्रष्टाचार र सत्ताको दाउपेचमा लाग्नु आपत्तिजनक रहेको भन्दै उनले देशको समस्या समाधानको लागी नेपाल समाजवादी काङ्ग्रेस सहितको राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताए ।
आफुहरु अहिलेको व्यवस्था ढाल्न लागी परेको बताउदै उनले कोरोनाको यो विषम परिस्थितिमा निशुल्क उपचार र खाद्यान्न उपलब्ध गराउन राज्यसंग माग गरेको बताए । श्रमजीवी पत्रकार र निम्न बर्गिय श्रमिकहरुलाई यो सङ्कटको बेला पार्टीको हैसियत अनुसार खाद्यान्न सहितको राहत वितरण गर्न पाउँदा खुसी लागेको उनले बताए ।