अर्घाखाँचीमा दलित परिवारलाई माक्स तथा स्यानीटाइजर वितरण

दियो पोस्ट  

अर्घाखाँची । कोरोना महामारीका कारण देशभर लकडाउनको अबस्था कायम छ । कोरोनाबाट सुरक्षित रहनका लागि मास्क र स्यानिटाइजरको प्रयोग तथा नियमित साबुन पानीले हात धुनका लागि स्वास्थ्यमकर्मीहरुले सुझाव दिएका छन् । तर, ग्रामिण क्षेत्रका दलित बस्तीमा भने मास्कको अभाव मात्र छैन, मास्कको प्रयोगका बारेमा समेत मानिसहरु अनबिज्ञ छन् । अर्घाखाँची जिल्लाका दलित तथा बिपन्न बस्तीहरुमा मानिसहरु मास्क बिना खुल्लेयाम हिडिरहेको भन्दै राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँचीले मालारानी गाउँपालिका बिभन्न दलित बस्तीहरुमा निशुल्क मास्क तथा स्यानीटाइजर बितरण गरेको छ ।

संघले मालारानी गाउँपालिकामा माक्सको पहुँचबाट टाढा रहेका दलित घर परिवारलाई माक्स वितरण गरेको हो । गाउँमा माक्स नपाईने र मास्कको प्रभावकारिताका बारेमा मानिसहरु अनविज्ञ रहेकाले आफुहरुले ग्रामिण क्षेत्रमा गई मास्क बितरण गरेको राष्ट्रिय दलित पत्रकार संघ जिल्ला अध्यक्ष सागर परियारले जानकारी दिए । उक्त क्षेत्रमा माक्सको प्रयोग र कोरोना भाईरस सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गरिएको उनले बताए ।

राष्ट्रिय दलित पत्रकार संघ, अर्घाखाँचीका अध्यक्ष सागर परियारको नेतृत्वमा सचिव अयन विश्वकर्मा, सदस्य सरु सुनार, विक्रम नेपाली, विजय नेपाली र पत्रकार नविन रसाइलीको संयुक्त टोलीले घरघरमा गई मास्क बितरण गरेका थिए । राष्ट्रिय दलित पत्रकार संघ, दलितहरुका हक हितमा लागि सधैव खटिरहने भन्दै पत्रकार सरु सुनारले यस्ता कार्यक्रमले जनचेतना प्रवाह गर्न मदत गर्ने बताइन् । मास्क पाए पछि त्यहाँका दलित समुदायहरुले खुसी ब्यक्त गरेका छन् ।

सिफारिस