काठमाडौं, ११ जेठ । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।
पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् ।
यसअघि नेविसंघसले मध्यबानेश्वरमा संसद विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको थियो ।