समाजवादी काङ्ग्रेसको राहत बितरण अभियान आज पनि जारी

दियो पोस्ट  

काठमाडौ । निरन्तरको लकडाउनका कारण बेरोजगार भई खाध्यान्न सङ्कटमा परेका श्रमजिवि पत्रकार र अन्य श्रमिकहरुको लागी नेपाल समाजवादी काङ्ग्रेसले बिगत केही दिन देखि खाद्यान्न बितरण गरिरहेको छ । यही जेठ १० गतेदेखि सुरु गरेको खाद्यान्न वितरण कार्यक्रम आज पनि जारी राखिएको समाजवादी काङ्ग्रेसकाका अध्यक्ष गोविन्द निरौलाले बताए ।

खाद्यान्न संकटले कोही पनि भोकै बस्न नपरोस भनेर आफुहरुले राहत बितरण गरिरहेको अध्यक्ष निरौलाले बताए । सबै पीडितको पीडा उजागर गर्ने पत्रकारहरुको पीडा कसैले नदेखेको र हरेक संकटका बेला पत्रकारहरु पनि संकटमा पर्ने भएका कारण आफुहरुले पत्रकारहरुलाई लक्षित गरि राहत सामाग्री बितरण गरेको उनले जानकारी दिए ।

पत्रकार तथा अन्य श्रमजीविहरु बिना हिचकिचाहट स्वयम उपस्थित भई राहत लिएको बताउँदै अध्यक्ष निरौलाले आफुहरुले भोकाएकाहरुको पेट भर्न पाएको प्रति खुसी भएको बताए । मिडियासङ्ग पुरानो भावनात्मक सम्बन्ध रहेको र राहत बितरण पछि झनै भावनात्मक सम्वन्ध बढेको उनले जानकारी दिए ।

राहत तथा खाध्यान्न वितरण गर्नुको कारणका बारेमा प्रस्ट पार्दै उनले भने,-“कोरोना महामारीको कारण राहत तथा खाद्यान्न अभावमा परेका पत्रकार र श्रमिक साथीहरुको पिडामा सानो भएपनी मल्हम लगाउने कोसिस गरेका हौं । यसरी राहत प्याकेज उपलब्ध गराउन पाउँदा हामी खुसी छौँ ।”

राहत बितरण कार्यमा पार्टी अध्यक्ष गोविन्द निरौला स्वयं उपस्थित रहेका थिए । राहत बितरण कार्यक्रमको नेतृत्व पार्टीका सचिब मानबहादुर गुरुङ र सहसचिव पुस्पा राणा घलेले गरेका छन् । साथै कार्यक्रम शान्त र व्यवस्थित थियोे भने अहिलेको परिस्थिति अनुसार सामाजिक दुरि समेत कायम गरिएको थियो ।