लागुऔषध सहित १ जना युवक पक्राउ

दियो पोस्ट  

काठमाडौं, १२ जेठ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ स्थित राजबेरी इलाकाबाट सशस्त्र प्रहरीको टोलीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ बस्ने २१ वर्षीय प्रमोद कुमार महतो छन् । महतोको साथबाट सशस्त्रको टोलीले १ सय २० बोतल लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका महतोलाई सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिभुवन नगरबाट खटिएको टोलीले शंका लागेर सर्च गरेको थियो ।

खानतलासी लिँदा सो लागु औषध फेला परेको हो । उनलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।