SONY DSC
काठमाडौं, १२ जेठ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय ३८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तीमध्ये ४ सय ५६ वटा गाडी र १ हजार ८२ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिएको प्रहरीले जनाएको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने १ सय ९८ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २२ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
साथै २ हजार ७ सय ४१ जनालाई रोकी सम्झाइ बुझाइ छाडिएको छ साथै देशभर सञ्चालित ९६ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १७ हजार १ सय ६ जनालाई सचेत गराइएको छ ।
कोभिड १९ संक्रमणको रोकथामका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खोई रु’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ९ सय ४० जनालाई निःशल्क मास्क वितरण गरेको जनाएको छ ।