भैरहवा । रुपन्देही जिल्लामा ७१ वर्षीय फरार अभियुक्त पक्राउ परेका छन् । तत्कालीन पुनरावेदन अदालत बुटवलको मिति २०५९ माघ १५ गतेको फैसलाले लगत नम्बर (१६४४) कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भई फरार रहेका प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्लाको साबिक रुद्रपुर गाविस वडा नम्बर ९ हाल कन्चन गाउँपालिका वडा नम्बर ३ बस्ने बर्ष ७१ को यम बहादुर क्षेत्रीलाई फरार अपराधीको अप्रेसन कार्यक्रम अन्तर्गत मिति २०७८ जेठ ५ गते वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले निजको आफ्नै घर वतनमा फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता भाष्कर चन्दले जानकारी दिए ।
पक्राउ गरी फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित रुपन्देही जिल्ला अदालत रुपन्देहीमा कैद भुक्तानको लागी बुझाएकोमा कारागार कार्यालय चलान भएको निमित्त प्रहरी प्रवक्ता चन्दले बताए।