काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले पदबहाली गरेका छन् । सोमबार विहानै प्रहरी गृहमन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएपछि प्रहरी प्रधान कार्यालय नक्साल पुगेर उनले पदबहादली गरेका हुन् । सो अवसरमा उनले सकल दर्जाका प्रहरी अधिकारीहरुलाई ब्रिफिङ समेत गरेका थिए ।
ब्रिफिङका क्रममा आईजीपी सिंहले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सुरक्षित र भयरहित तवरबाट सम्पन्न गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
मन्त्रिपरिषदको वैशाख १८ गतेको निर्णयअनुसार आजबाट लागू हुने गरी आईजीपीमा पदोन्नति भएका सिंहले आजै दर्ज्यानी चिन्ह लगाएका थिए ।
यता उनका ब्याचीहरु विश्वराज पोखरेल भने सर्वोच्च अदालतमा वारेश मार्फत निवेदन लिएर पुगेका छन् । आइजीमा आफूलाई नियुक्ती गर्नुपर्ने भन्दै पोखरेल अदालत पुगेका हुन् ।