युवराज पहाडी
काठमाडौं सिन्धुलीको फिक्कल गाउँपालिकामा सत्तापक्ष गठबन्धनलाई हराउँदै अध्यक्षमा नेकपा एमालेकी पार्वती सुनुवार र उपाध्यक्षमा राजु बरालले जित हासिल गर्न सफल भएका छन् । सत्तापक्ष गठबन्धनका उम्मेदवार अध्यक्ष निर्प भुजेल र उपाध्यक्ष लोकेन्द्र कार्कीलाई हराउदै नेकपा एमालेले जित हासिल गर्न सफल भएको हो । फिक्कलमा यस अघि भएको स्थानीय निर्वाचनमा समेत पार्वती सुनुवार उपाध्यक्ष थिईन् भने राजु बरालले वडाध्यक्षको जिम्मेवारी प्रप्त गरिसकेका थिए । यो पालिका एमालेका पूर्वसंघिय मन्त्री गणेश पहाडीको क्षेत्र समेत हो ।
सुनकोसी गाउँपालिका गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल अध्यक्षमा निर्वाचित भएकी छिन् । दाहालले ५३७६ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी एमालेका रोमनराज गिरीले ५०९८ मत पाए । अध्यक्षमा निर्वाचित दाहाल सोही गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् ।
उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका कपिल कोइराला फराकिलो मताअन्तरले निर्वाचित भएका छन् । उनले ६५९४ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी एमालेकी हेमा अधिकारीले ३९५८ मत प्राप्त गरिन् । यो पालिका माओवादीका चर्चित नेता तथा वागमति प्रदेश मन्त्री राजन दाहालको गृह पालिका समेत हो । दिपा उनकी पत्नी समेत हुन उनले दोस्रो पटक सानदार विजय हासिल गरेर इतिहास कायम गरेकी छिन । गोलन्जोर गाउँपालिकामा एमालेका शंकर वराल निर्वाचित भएका छन उनले नेपाली काग्रेसका पुष्प कार्कीलाई पछिपार्दै विजय भएका हुन । वरालले ४७४४ मत ल्याउदा कार्कीले ४४६३ मत ल्याएका थिए । उपाध्यक्षमा नेकपा माओवादीका ज्वाला न्यौपानेले एमालेकी ममता देवकोटालाई हराएर विजयी भएकी हुन । न्यौपानेले ४२४२ मत ल्याइन भने देवकोटाले ३८३८ मत ल्याएकी थिइन ।
मरिन गाउँपालिकामा ५१९४ मतका साथ माओवादीका विमर्श मोतmानले एमालेका गोविन्दलाल माझीलाई पछिपार्दै विजय भएका हुन । उपाध्यक्षमा काग्रेसकी विमला माझी विजयी भएकी छिन । हरिहरपुरगढी गाउँपालिकामा माओवादीका वज्रध्वज वाइवा ४७२९ मत ल्याएर एमालेका मानवहादुर वाइवालाई पछिपार्दै विजयी भएका छन । उपाध्यक्षमा काग्रेसका चेखवहादुर थिङले एमालेकी निर्मला ठाडामगरलाई पराजित गर्दै विजयी भएका छिन । दुधौली नगरपालिकाको मेयरमा माओवादीका दिनेश अधिकारी दनुवार र उपमेयरमा काग्रेसका चन्द्रकिशोर थारु विजय भएका छन ।
तीनपाटन गाउँपालिकामा नेपाली काग्रेसका वर्णवहादुर थापामगर अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका छन भने उपाध्यक्षमा माओवादीका धनवहादुर पुलामी विजयी भएका छन । घयाङलेख गाउँपालिकामा नेपाली काग्रेसका जगत वहादुर भोलान अध्यक्षमा निर्वाचित भएका छन । उनले एमालेका चतुरमान लोलेलाई पराजित गरेका हुन । उपाध्यक्षमा माओवादीका शंकरमान घलान विजयी भएका छन । कमलामाई नगरपालिकामा नेपाली काग्रेसका जिल्ला सभापति समेत रहेका उपेन्द्रकान्त पोखरेल विजय भएका छन । एमालेको जिल्ला भनेर चिनिएको सिन्धुली पुर्वमन्त्री गणेश पहाडीको जिल्ला समेत हो ।
पहाडीको प्रभाव यसअगाडी राम्रो भएपनि माओवादीका प्रदेश सांसद राजन दाहालको अगाडी उनको प्रभाव यो निर्वाचनले घटाई दिएको छ । यद्धपी उनको आफनो फिक्कल गाउँपालिकामा भने पार्वति सुनुवार र राजु वरालले सानदार जित निकालेर केही राहत दिएका छन् ।