सप्तरी । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–४ चटी टोलस्थित सार्वजनिक पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने धर्मेन्द्र पासवानको छोरा ११ वर्षीय सुवास पासवान रहेका छन् । उक्त पोखरीको डिलमा खेल्ने क्रममा लडेर डुबेर बुधबार दिउँसो उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।