अवैध लागूऔषधसहित २ जना पक्राउ

दियो पोस्ट  

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–८ शुक्रवारेबाट अवैध लागूऔषध ब्राउनसुगर ११ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–११ बस्ने ३५ वर्षीय सूर्य कुमार राईसहित २ जना रहेका छन् ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले प्रदेश १–०२–०४२प ८४०३ नम्बरको स्कुटरमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित बुधबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।