काठमाडौं । विभिन्न ठाउँबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका–४ बस्ने १९ वर्षीय आषिश बिक र कोहलपुर नगरपालिका–१ कौसिलानगर बस्ने १९ वर्षीय पुष्कर थापा मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरीको टोलीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेको भे.१२ प ८६१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित शनिबार दिउँसो पक्राउ गरेको हो ।
योसँगै रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ धुर्वनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका–२ पाखापानी बस्ने ३९ वर्षीय बिनोद बहादुर हुनचुङ् मगर र सोही उपमहानगरपालिका–४ ट्राफिक चोक बस्ने २५ वर्षीय निसान गुरुङ रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी बिट जितगढीकिल्लाबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई उक्त पदार्थसहित हिजो पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ९० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–५ बस्ने १७ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी त्रिनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरीकोटोलीले उनलाई लागूऔषधसहित शनिबार दिउँसो पक्राउ गरेको हो ।
सोही जिल्लाको टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय ४० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जानकी गाउँपालिका–९ पुर्वी खैरीफाँटा बस्ने २५ वर्षीय सागर कडारा रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित शनिबार राति पक्राउगरेको हो ।
यसैगरी प्रहरीले भोजपुरको हतुवागढी गाउँपालिका–९ कोल्टारस्थित ज्यामिरे मचुवा कच्ची सडकबाटअवैध लागूऔषध १९ गाँजा बरामद गरेको छ । प्रहरी चौकी हसनपुर र ईलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको टोलीलाई देख्नासाथ २ जना अपरिचित व्यक्तिहरूले २ वटा प्लाष्टिकको बोरा फाली फरार भएका थिए । हाल फरार व्यक्तिहरूको प्रहरीको खोजी कार्य जारी छ ।