जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसमा विद्यार्थीले देखाए नाटक

दियो पोस्ट  

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजमा नाटक प्रदर्शन गरेर जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइएको छ । बुधवार कलेजमा आयोजित एक कार्यक्रमकाबिच विद्यार्थीहरूले ‘जातीय छायामा प्रेमः एक निषेधित मिलन ’ नाटक प्रदर्शन गरेका हुन् ।

मदन भण्डारी मेमोरियल कलेजको विए तेस्रो वर्षद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नेपालमा जात व्यवस्थाको अवस्थालाई झल्काउँदै नाटक प्रदर्शन गरेका हुन् । उक्त नाटक विद्यार्थी सिया श्रेष्ठ र सुस्मिता थापा मगरले रचना गरेकी थिइन् भने नाटकलाई विद्यार्थी इसान पौडेलले निर्देशन गरेका थिए ।

नाटकको पात्रहरूमा मिना महत, सिया श्रेष्ठ, इसान पौडेल, सुमन रावत, मन्जु खनाल, श्रद्धा रावत, रश्मि भण्डारी, मनिसा राय, बन्दना राई, सुस्मिता थापा मगर, अञ्जली कुमारी गुप्ता, अस्बन घर्ती मगर, दिक्षा लुइटेल र दया दुदराज थिए ।  र नाटकको कथाकारको भूमिका प्रकृती थापा र स्नेहा झाले निर्वाह गरेकी थिइन् । विद्यार्थीहरू माझ नेपालमा जकडिएर बसेको जात व्यवस्था र यसको प्रभावबारे प्रस्ट पार्नको लागि सो नाटक देखाइएको आयोजकले जनाएको छ ।

कार्यक्रममा २०० जना विद्यार्थीहरूको उपस्थित रहेको  सो कार्यक्रममा विद्यालयका क्याम्पस प्रमुख रमेश चन्द्र पौडेल, सहायक क्याम्पस प्रमुख कमल न्यौपाने, प्रज्वलमान श्रेष्ठ, स्कुल आफ लिबरल आट्सका प्रमुख रघु मैनाली, समाजशास्त्र विभागका प्रमुख सुजित मैनाली सहित शिक्षकहरूको सहभागिता थिए ।