काठमाडौं । काठमाडौंको पुतली सडकस्थित हिमालयन ह्वाईट हाउस कलेजका विद्यार्थीले आफ्ना माग राखेर आन्दोलन गर्दा उनीहरुलाई आपराधिक लाभ सम्बन्धी मुद्दा लगाएर फसाइएको पाइएको छ ।
सभिल ईन्जिनियर अध्ययरत ६ जना छात्रमाथि कलेज प्रिन्सिपल तोयानाराण पौडेलले क्षतिपूर्तिसहित सजायको माग गर्दै उजुरी दिएका हुन् ।
विगतदेखि नै कलेजको लाइब्रेरीमा पुस्तक लगायतका विभिन्न विषयका बारेमा प्रशासनसँग कुरा राख्दा कुनै सुनुवाई नभएको विद्यार्थीहरुको भनाई छ । उनीहरुले कलेजको लाइब्रेरीमा पुस्तक लगायत विभिन्न माग राख्दै आएका छन् ।
पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–८ का २३ वर्षीय रमेश विक्रम शाही, दाङको तुल्सिपुर उपमहानगरपालिका–१८ बेलझुण्डी का २२ वर्षीय अविरल बस्नेत, भक्तपुर सुर्यविनायक नगरपालिका–८ का २३ वर्षीय उकेश सुवाल र खोटाङ हलेसी तुवाचुङ नगरपालिका–६ का २३ वर्षीय गिरी राज कार्की रहेका छन् भने, बझाङ मस्टा गाउँपालिका–७ का २२ वर्षीय गणेश बोहरा र मोरङको केराबारी–४ का २२ वर्षीय सुधिर प्रधान फरार छन् । उनीहरुमाथि प्रहरीले अपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा चलाएको छ । केहीदिन अघि जिल्ला सरकारी वकिल कार्यालयले विद्यार्थीलाई आपराधिक लाभमा सजाय माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा समेत दायर गरेको छ ।
रिमेश विक्रम शाहीले बयानमा विद्यालय प्रशासनसँग पटक–पटक आफ्ना मागहरु राख्दा कुनै सुनुवाई नभएको बताएका छन् ।
उनले बयानमा भनेका छन्,“कोभिड कालदेखि नै हामीले अनलाईन शिक्षा लिए बापत हामीहरुले १२ प्रतिशत छुट पाएका थियौँ । उक्त छुट हामी भन्दा पछाडी रहेको २०२० को ब्याजलाई समेत दिनु पर्ने भनिसम्पुर्ण विधार्थीहरुले कलेज प्रमुख समक्ष माग राखेका थियौँ, कलेजमा राम्रो शिक्षक राख्नु पर्ने, कलेजमा भएको पुस्तकालयमा प्रयाप्त मात्रामा पाठ्यपुस्तकहरु राख्नु पर्ने हाम्रो माग थियो ।”
साथै विद्यार्थी संख्यामा ३३ प्रतिशत विद्यार्थी पास हुनु पर्ने पास नभएको खण्डमा विधार्थीहरुलाई १ पटकको लागी २ भन्दा कम बिषय लागेको विधार्थीहरुलाई कलेजले स्वयंम जिम्मेवार हुनु पर्ने माग छ ।
जिल्ला सरकारी वकिल कार्यालयले गत शुक्रबार नै अभियोगपत्र दायर गरेको थियो ।