चौतारा साँगाचोकगढी नगरपालिका ११ का वडाध्यक्ष गिरीले वडामै चलाए अवैध क्रसरको धन्दा !

दियो पोस्ट  

निरोज चौलागाईं

काठमाडौं । चौतारा साँगाचोकगढि नगरपालिका ११ का वडाध्यक्ष रोसन राज गिरिले आफ्नै वडामा अवैध क्रसर संचालन गरेको आरोप लागेको छ । उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । गिरीले भूमि निर्माण सेवाको नाममा अवैध क्रसर संचालन गरेका हुन् । निर्माण सेवा भनेको टेकेदार कम्पनि हो । ठेकेदार कम्पनिको आवरणमा उनले अवैध क्रसर चलाएको भन्दै स्थानियबासीले अख्तियारमा उजुरी दिएपछि छानबीनका लागि अख्तियारले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई समेत पत्राचार गरेको छ ।

एकातिर नदि दोहन भयो भन्दै टेलिभिजनमा प्रतिक्रिया दिने गिरी आफैले भने अवैध क्रसर चलाएको खुलेपछि स्थानियबासी छक्क परेका छन् ।

पेशाले अधिवक्ता समेत रहेका उनी कानुनका समेत खेलाडी हुन् । त्यसैकारण गिरीले कानुनको खिल्ली उडाउँदै वडामै अवैध क्रसर संचालन गरेका हुन् ।

उनको क्रसर नगरपालिकामा दर्ता छैन । जिल्ला समन्वय समितिमा पनि उनको क्रसर दर्ता छैन । न त उनले कुनै पनि मेसिन प्रयोगका लागि अनुमति लिएका छन् । झन्डै ७÷८ बर्ष अघि सिपाघाटमा दर्ता भएको क्रसरलाई उनले स्थानान्तरण गरेर चलाएका छन् । उनले अवैध क्रसर संचालन गरेको विषयमा अख्तियारमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयलाई छानबीनका लागि सिफारिस प्राप्त भएको अधिकारीहरुको दाबी छ । ‘हामी समिती बनाएर छानबिन गर्नेछौ,’ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका एक अधिकारीले भने,‘यो सामान्य विषय रहेछ ।’

यस विषयमा प्रतिक्रिया लिन सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाकाको वेभसाइटमा उल्लेखित गिरीको मोबाइल नम्बरमा पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

 

TATA ADD