इन्स्पेक्टर बढुवामा एआइजी भण्डारीको ‘नातावाद’ : गृहमन्त्री र आइजी नै बेखबर !

दियो पोस्ट  

काठमाडौं । जनपथ तर्फ केहीदिन अघि नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवा गरियो । तर, डिएसपी बढुवामा एक एआइजीले अश्वभाविक हस्तक्षेप गरेको खुलाशा भएको छ । हाल मानवस्रोतका एआइजी रहेका सन्दिप भण्डारीका कारण ईन्सपेक्टर बढुवा नै विवादित बनेको छ । उनका कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख बसन्तबहादुर कुँवर समेत विवादित बन्न पुगेका छन् । एआईजी भण्डारीले कतिपय कारबाहीमा परेका र विवादित इन्सपेक्टरहरुलाई बढुवा गराई आर्थिक लाभ लिएको समेत आरोप छ ।
केहीदिन अघि सरुवा बढुवामा कसैले पैसा उठाएको चाल पाए कारबाही गर्ने धम्की दिएका गृहमन्त्री श्रेष्ठलाई नै चुनौती दिनेगरि भण्डारीले बढुवामा हस्तक्षेप गरेका हुन् । बढुवामा उनले अधिकांश विवादित र कारबाहीमा परेकालाई प्राथामिकता दिएका छन् ।

 

यता नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका आइजी कुँवर यसबारे प्रश्न गर्ने नैतिकतामा समेत छैनन् । स्रोतका अनुसार कुँवरले असईबाट आएका एक जना कमल बेलबासेलाई मात्रै बढुवा गराउन सफल भएका छन् । बेलबासे कुँवरकै गृह जिल्ला अर्घाखाँचीका हुन् ।

एआईजी भण्डारीकै मनोमानीका कारण वरियतामा अगाडि रहेका र राम्रो अंक पाएका इन्सपेक्टरहरु बढुवा सिफारिसमा छुटेका छन् । वरिष्ठताकै आधारमा आईजीपी भएका कुँवरले एआईजी भण्डारीलाई विश्वास गर्दा इन्सपेक्टर बढुवामा वरिष्ठहरुलाई पाखा लगाई घोर अन्याय गरेको आरोप प्रहरीमा छ ।

जसमध्ये विवादमा नपरेका दीपक मल्ल, आयुष जोशी, धनबहादुर बोहरा, ऋषिराम घर्ती मगर, निर्मल पनेरुहरू छुटेका छन् । इन्पेक्टरमा ३ नम्बरमा रहेका विकास बम १९ नम्बरमा पुर्याइएको छ भने ७ नम्बरमा रहेका राजेशराज पुरीलाई २० नम्बरमा पुर्याइएको छ । ६९ नम्बरमा रहेकी एलिजा गिरीलाई भने ४ नम्बरमा ल्याइएको छ भने २५ नम्बरमा रहेकी चेतना पोखरेलाई जिल्लाबासी भन्दै एआईजी भण्डारीले ६ नम्बरमा ल्याएका छन् ।

त्यस्तै १०३ नम्बरमा रहेकी सुरक्षा केसीलाई पनि अगाडि ल्याइएको छ । १०४ नम्बरमा रहेका मिङ्मा शेर्पाको बढुवा खोतल्ने हो भने ठूलो आर्थिक चलखेल भएको कुरा बाहिर आउने प्रहरी स्रोत नै बताउँछ ।

बढुवामा बरियतामात्र नभई कार्यक्षमतालाई प्राथमिकतामा राखिएको एआईजी भण्डारी आफैले बताउने गरेका छन् । तर, जहाँ इन्चार्ज दिंदा पनि विवादमा परेर तानिएकी र कार्य सम्पादन मूल्यांकन(कासमु) मा कमजोर रहेकी चेतना पोखरेललाई भण्डारीले अडान नै लिएर किन ६ नम्बरमा ल्याए भन्ने कुरालाई गृहमन्त्री श्रेष्ठले खोजी गर्ने हो भने भण्डारीको चलखेल प्रष्ट देखिने प्रहरी प्रधान कार्यालयकै एक उच्च अधिकारी बताउँछन् ।

चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनमा वरिष्ठताको ठूलो अर्थ रहन्छ । कार्य सम्पादनमा उत्कृष्ट र जहाँ खटाउँदा पनि पुरस्कृत भएका र विभुषण पाएका इन्सपेक्टरहरुलाई बढुवामा बञ्चित गर्दा संगठनकै जीवनमा आघात पुग्ने प्रहरी अधिकारीहरु बताउँछन् । मानवश्रोतका एआईजी भण्डारीले गृहमन्त्रीलाई काविल अधिकृतहरुका बारेमा हुँदै नभएका मनोगणन्ते कुरा सुनाएर बढुवाबाट छुटाउने गरेका छन् । रेकर्डमा जनिनेगरी सचेत गराइएका बेदबहादुर पौडेल, एमाले नेताहरुका घर घरमा धाउने पोखरेल, कार्यक्षमता शुन्य भएकी गिरीलाई बढुवा गरेर वरिष्ठहरुको मनोबल गिराउने काम एआईजी भण्डारीले गरेका छन् ।
त्यस्तै काभ्रेको अजित मिजार हत्याकाण्डमा मुछिएका प्रकाश जवेगु बढुवामा पर्न सफल भएका छन् । उनी विरुद्ध विभिन्न निकायमा उजुरी विचाराधिन छ । सर्वोच्च अदालतमा समेत उक्त मुद्दा पुगेको छ । उनको बढुवा पनि शंकाको घेरामा छ ।

TATA ADD