वादविवादका क्रममा हत्या, एकजना पक्राउ

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको ठमेलमा एजजना महिला हत्या भएको छ । हत्या हुनेमा चितवन राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशा तामाङ रहेकी छिन् । हत्या गरेको आरोपमासोही ठाउँ डेरा गरी बस्ने धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय अमर रञ्जितकार रहेका छन् । उनीहरूबीच आपसी विवादका क्रममा कुटपिट हुँदा जेनिशा गम्भीर घाइते भएकी थिइन् । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न रञ्जितकारलाई मगंलबार दिउँसो पक्राउ गरेको छ।

यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।