जुवाखालमा घुमुवा भेटिएपछि सिन्धुपाल्चोकका एसपी राणासहित घुमुवा छानबीनमा तानिए !

दियो पोस्ट  

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणाका घुमुवा प्रहरी कारबाहीमा परेका छन् । जुवाडेसँग चुरोट पिउँदै गरेको अवस्थामा रहेको भिडियो समेत सार्वजनिक भएपछि उनलाई स्पष्टिकरण सोधेर कारबाही स्वरुप घुमुवाबाट हटाइएको छ ।

राणाको घुमुवामा कार्यरत विमल त्रिपाठीबारे दियोपोस्टमा समाचार प्रकाशन भएको थियो । भिडियो सहित समाचार प्रकाशन भएपछि उनीमाथि कारबाही भएको हो । घुमुवालाई जुवाखालमा पठाएको विषयमा सिन्धुपाल्चोक प्रहरी प्रमुख राणा समेत छानबीनमा तानिएका छन् । उनीमाथि छानबीन गर्न बागमती प्रदेश प्रहरी कार्यालय बनेपाबाट टोली नै सिन्धुपाल्चोक पुगेको थियो । राणा भने आफ्नो बचाउमा सक्रिय छन् ।

जुवाखालमा सिन्धुपाल्चोकका एसपी राणाको घुमुवाको रजाइँ : चुरोट उँडाउँदै गफ लगाउँदै (भिडियोसहित)