छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जानको मृत्यु भएको छ । उदयपुरमा उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकमा स.८ प ४२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली फिक्कल गाउँपालिका–६ बस्ने ३५ वर्षीय तेज कुमार राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सर्लाहीको लालबन्दी नगरपालिका–५ लेकुवापुलस्थित सडकमा बिआर ०१ बिएम २४२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बह्रमपुरी गाउँपालिका–२ बस्ने २० वर्षीय रमेश ठाकुर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालबन्दी स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै झापाको मेचिनगर नगरपालिका–१५ स्थित सडकमा रोकी राखेको ना.२ ख ८७९९ नम्बरको ट्रकमा मे.१ ख ६०५ नम्बरको ट्रक ठक्करबाट शनिबार बिहान दुर्घटना हुँदा मे.१ ख ६०५ नम्बरको ट्रकको सहचालकको मत्यु भएको छ । मृत्यु हुनेमा हाल वतन नखुलेका २० वर्षीय अनमोल कार्की रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मे.१ ख ६०५ नम्बरको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।