छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित चतारा पुलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ३ सय २० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी रामधुनीभासी नगरपालिका–४ बस्ने ३७ वर्षीय हिरा साह रहेका छन् । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरीको टोलीले को.३१ प ६८१८ नम्बरको मोटरसाइकलले पदैलयात्रीलाई ठक्कर दिई उद्दार गर्ने क्रममा चालकलाई जाँच गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मंगलगढी चोकस्थित हार्दिक होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, ३ हजार नेपाली रूपैयाँ, २ हजार ६ सय भारतीय रूपैयाँसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोट सन्नीत्रिवेणी गाउँपालिका–३ बस्ने ३० वर्षीय अर्जुन देवकोटा र बाँके नेपालगंज उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय खिरोज खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई शनिबार साँझ पक्राउ गरेको हो ।
थप अनुसन्धानको लागि जाँच गर्ने क्रममा वीरेन्द्रनगर नगरपालिका–३ माया कर्णाली होटलको कोठा नम्बर १०२ बाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगंज उपमहानगरपालिका–१८ बस्ने २३ वर्षीया सारदा सिंह रहेकी छिन् । उनलाई अवैध लागूऔषध ब्राउनसुगर ११ ग्राम ८ सय २० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।

साथै धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ चानुवा घर भई झापा कमल गाउँपालिका–१ बस्ने ५१ वर्षीय मिन कुमार अधिकारी रहेका छन् । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीको टोलीले को.१ ख ७८८६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।