नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु, एक जना घाइते

दियो पोस्ट  

नुवाकोट । नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । मृत्यु हुनेमा तादी गाउँपालिका–४ सातबिसेबजार बस्ने २१ वर्षीय सुमन तामाङ रहेका छन् । सोही ठाउँस्थित निर्माण हुँदै गरेको शिब मन्दिरमा बिजुली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय दुप्चेश्वर नेपाल अस्पताल सातबिसेमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।