ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

दियो पोस्ट  

मोरङ । मोरङमा ट्रकको ठक्करबाट साइकलयात्रुको मृतयु भएको छ । जिल्लाको कटहरी गाउँपालिका–२ गोपाल फनपार्कस्थित सडकमा प्रदेश १–०२–००१ ख ८४३९ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम तिल्केनी नगरपालिका–६ बस्ने २१ वर्षीय सुशिल पौडेलको रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।