अमेरिका पठाइदिन्छु भन्दै ६ लाख २१ हजार रकम ठगी, एक जना पक्राउ

दियो पोस्ट  

ललितपुर । अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठ रहेकी छिन् ।
श्रेष्ठले एक जनालाई अमेरिका पठाई मोबाइल सफ्टवेयर कम्पनीमा ३ लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटक पटक गरी ६ लाख २१ हजार रुपैयाँ लिई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टालीले ललितपुर महानगरपालिका–३ पुल्चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।