छुट्टाछुट्टै ठाउँमा लावारिस अवस्थामा ५ जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा लावारिस अवस्थामा ५ जनाको शव फेला परेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–११ बरवामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २८ वर्षीय फरीन्द्र थारु रहेका छन् । उनको आफ्नै सुत्ने कोठामा आइतबार बिहान मृत अवस्थामा शव फेला परेका हो ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ जागृति पथस्थित एक जनाको लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा सोही उपमहानगपालिका–६ ट्राफिक चोक डेरा गरी बस्ने पाल्पा बगनासकाली गाउँपालिका–५ घर भएका २९ वर्षीय चोप बहादुर थापा मगर रहेका छन् । उनको सोही स्थान नजिकै खाली जग्गामा आइतबार मृत अवस्थामा शव फेला परेका हो ।
साथै रुपन्देहीकै बुटबल उपमहानगरपालिका–११ देविनगरस्थित एक जनाको लावारिस अवस्थामा शव फेला परेको छ । मृतयु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । उनको सोही स्थान नजिकको नालामा आइतबार मृत अबस्थामा शव फेला परेका हो ।

यसैगरी पाँचथरको फिदिम नगरपालिका–३ ओदिनमा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीया कला जबेगु रहेकी छिन् । उनको आफ्नै घरमा आइतबार मृत अवस्थामा शव फेला परेकी हो ।

साथै तेह्रथुमको आठराई गाउँपालिका–४ ईवा ढोडेमा एक जनाको लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको सोही ठाउँस्थित तमोर खोलामा आइतबार मृत अवस्थमा शव फेला परेका हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।