बाँकेमा करेन्ट एक जनाको मृत्यु, एक जना घाइते

दियो पोस्ट  

बाँके । बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरस्थित गणपती प्लाईउड फ्याक्ट्रीमा काम गर्ने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–७ बस्ने ५५ वर्षीय हरीभजन थारु रहेका छन् । मसाला बनाउने मिक्चर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगंज बाँकेतर्फ लैजाने क्रममा आइतबार राति बाटोमै मृत्यु भएको
हो ।
उक्त घटनामा घाइते भएका सोही फ्याक्ट्रीमा काम गर्ने अर्को एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा नेपालगंज उपमहानगरपालिक–८ बालेगाउ बस्ने २५ वर्षीय धनिराम खटिक रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।