छुट्टाछुट्टै ठाउँबाट लावारिस अवस्थामा शव फेला

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा लावारिस अवस्थामा शव फेला परेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–८ पर्ती टोलस्थित पोखरीको छेउमा एक जनाको आइतबार मृत अवस्थाम फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ
बस्ने ४५ वर्षीया उषा दास रहेकी छिन् । उक्त स्थानमा गाडेको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तारापट्टी, ईलाका प्रहरी कार्यालय धनुषाधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको टोलीले मृतकको छोरा र बुहारीलाई सोधपुछ तथा आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

यसैगरी लमजुङको बेसिशहर नगरपालिका(–२ चिसापानी गैरी गाउँमा एक जनाको आइतबार लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा सोही नगरपालिका नरवाल बस्ने ५० वर्षीय कालु सुनार रहेका छन् ।

साथै सिरहाको सिरहा नगरपालिका–१४ खिरौना बस्ने १८ वर्षीया अंजली केवट भण्डारी मृत अवस्थामा फेला परेकी छिन् । उनी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

यसैगरी तेह्रथुमको आठराई गाउँपालिका–४ ईवा ढोडेस्थित तमोर खोलामा एक जनाको आइतबार लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् ।

साथै धादिङको निलकण्ठ नगरपालिका–११ थापागाँउस्थित मौवा खोलामा एक जनाको आइतबार लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन, उमेर नखुलेका पुरुष रहेका छन् ।

यसैगरी चितवनको राप्ती नगरपालिका–९ अमृतपानीमा एक जनाको आइतबार लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष रहेका छन् ।

यसैसाथ ईलामको रोङ गाउँपालिका–३ कुटिडांडास्थित पाथिभरा देबिस्थान सामुदायिक वनमा एक जनाको आइतबार लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।