छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । मोरङको ग्रामथान गाउँपालिका–५ भङ्साबारी बस्ने बिधानन्द ठाकुरको घरमा नयाँ कल गाडी मोटर जोड्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–३ बस्ने ४६ वर्षीय सिरु माझि रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

यसैगरी ईलामको सूर्योदय नगरपालिका–११ केराबारीस्थित नयाँ विजुलीको पोलमा तार जडान गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम नगरपालिका–१० बस्ने ३५ वर्षीय तिलक राई रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा सोमबार दिउँसो बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।