भन्सार महशुल नतिरेको भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा

दियो पोस्ट  

बारा । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–१ बिरेन्द्र चोकबाट सशस्त्र प्रहरीले गत सोमबार भारतीय स्कारपिओ गाडी नियन्त्रणमा लिएको छ ।
बैरियाबाट सिम्रौनगढतर्फ जादै गरेको एचआर २६ बिबि ००४० नम्बरको सेतो रंगको भारतीय स्कारपिओ गाडी भन्सार महसुल नतिरी चलाएको उक्त गाडी प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिइएको गाडी आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।