अनलाइनमार्फत विभिन्न तरिकाले र्दुव्यवहार तथा चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ

दियो पोस्ट

काठमाडौं । पर्वतमा अनलाइनमार्फत र्दुव्यवहार र चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–१४ घर भएका ४२ वर्षीय राम कुमार सुनार रहेका छन् । सुनारले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा पीडितको तस्विर र नाम राखी नक्कली प्रोफाइल बनाई अश्लील तस्विर तथा भिडियोहरूमा अनुहार जोडी पीडितहरूलाई धम्की दिने गरेका थिए । त्यस्तो अश्लील हर्कत गरेर पीडितको चरित्रहत्या गरेको भन्ने उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट सुनारको संलग्नता खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा उनलाई पोखराबाट आइतबार पक्राउ गरेको हो ।

उनीमाथि विद्युतिय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर